September 16, 2026

ढुंगेलको देश र आमा बिमोचनमा लोकदोहोरी गायिका दाहाल

0

तुलसीप्रसाद निरौला, बिर्तामोड ।

नेपाली लोकदोहोरी क्षेत्रमा सबैको मन जितेकी लोकदोहोरी गायिका कल्पना दाहालले बुधबार झापामा लोकदोहोरी गाउने भएकी छिन् ।

 

 

साहित्यकार , गीतकार तथा मोडल भगवती ढुंगेलको चौथो कृति कविता तथा गीति संग्रह देश र आमाको विमोचन कार्यक्रममा सहभागि हुन आएकी लोकदोहोरी गायिका कल्पना दाहालले लोकदोहोरी प्रतिष्ठान झापाका कलाकारहरुसंग लोकदोहोरी गाउने भएकी हुन् ।

काँठ क्षेत्रका दोहोरी गीतमा चर्चित लोकगायिका कल्पना दाहालले झापामा भने पूर्वेली लोकभाकामा आधारित लोकदोहोरी गाउने मोडल जनक खड्काले बताए ।

मातृकला साहित्य आश्रम मेचीनगरको आयोजना तथा सरगम संगीतालय बिर्तामोडको सह आयोजनामा बिर्तामोडस्थित हिमाल सागर पार्टी प्यालेसमा हुने कार्यक्रममा लोकदोहोरी गायिका कल्पना दाहालले लोकदोहोरी प्रतिष्ठान झापाका अध्यक्ष अच्युत दाहालको समूहसंग लोकदोहोरी गाउने बताइएको छ । कार्यक्रमको प्रमुख अतिथि साहित्यकार टंक न्यौपाने रहने बताइएको छ ।

विर्तामोड –१ निवासी साहित्यकार , गीतकार तथा मोडल भगवती ढुंगेलका उपन्यासहरु ‘आधा सत्य’ ‘प्रेमिल’ ‘प्रेमकुण्ड’ र ‘मधुशाला बन्यो’ र ‘हाँसौ कसरी’ ‘न पिउँ त’ बोलको गीत र म्युजिक भिडियो समेत सार्वजनिक भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *