April 29, 2026

आज दमकमा लिम्बुवानको विरोधसभा

0

दमक। 

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको एक घटक संघीय लिम्बुवान मञ्च, नेपालले दमकमा ¥याली सहितको विरोध सभा आज गर्दैछ ।

दमकमा बन्न लागेको अर्बौको क्लिन पार्क यहाँको आदिवासी जनजातिको जल, जमिन र जंगल माथिको आईएलओ १६९ ले दिएको अग्राधिकारलाई वेवास्ता गर्दै त्यस क्षेत्रमा भएका हजारौं हेक्टर जमिनलाई न्यूनतम दर लगाई ओली सरकारले जनतालाई सुकुम्बासी बनाउने षडयन्त्र विरुद मञ्चले विरोध सभा आयोजना गरेको हो ।

आजको यस सभालाई मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेकपा सरकारले विकासको नाममा संघीयताको मर्म विपरित भौगोलिक विविधतालाई वेवास्ता गर्दै आदिवासी जनजातिहरुले संरक्षण गर्दै आएका प्राकृतिक सुन्दरताको दोहन गर्ने प्रयासहरु दिनदिनै हुन थालेकोमा मञ्चले विगत देखि नै आपत्ती जनाउँदै आईरहेको छ ।

दमककमा विकासको नाममा अर्बौ पैसा भित्राएको ओलीको दावीको पछि लागेका स्थानीय नेताहरुको घमण्डले विकास हुन नसक्ने लिम्ुबवान नेता भानु भट्टराई बताउँछन् ।

कार्यक्रम मध्यान्ह १२ बजे देखि नगर परिक्रममा गरेर दिउँसो १ बजे देखि गणतन्त्र चोकमा सभा आयोजना गरिने कार्यक्रम संहसंयोजक मञ्चका केन्द्रीय सचिव धनराज सुब्बाले बताए ।-लिम्बूवानखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *