September 13, 2026

इमरान खानलाई बर्खास्तीको माग गर्दै पाकिस्तानी सर्वोच्च अदालतमा मुद्दा दायर

0

इस्लामाबाद।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई बर्खास्त गर्न माग गर्र्दै पाकिस्तानी सर्बोच्च अदालतमा मुद्दा दायर भएको छ।

न्यायाधिश काजी फेज ईसाकी श्रीमती सरिना ईसाले पाकिस्तानी प्रधानमन्त्री खानलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकी हुन। उनले खानलाई हटाउनुपर्नाका कारणहरुको लामो सूची पेश गर्दै गर्दै खानले कर छली गरेको, तीन छोराछोरीको सम्पत्ति सार्वजनिक नगरेको, अबैध रुपमा कानुनी रुपले सुरक्षीत दस्तावेजहरु प्राप्त गरेको लगायत आरोपहरु लगाइएको छ।

‘नयाँ पाकिस्तान’ को नाराले सत्तामा पुगेपनि खान सत्तामा पुगेपछि आफुले निर्वाचनमा गरेको प्रतिबद्धताहरु सुशासन, सामाजिक क्रान्ति, आर्थिक विकास, कृषि क्षेत्रको उत्थान, र पाकिस्तानी राष्ट्रिय सुरक्षाको सुनिश्चितताजस्ता मुद्दामा असफल हुँदै गएको आरोप लागेको छ ।

उनले जनतासँग गरेको वाचा भुलेको भन्दै सडक प्रदर्शनहरु पनि भइरहेको छ । खान सम्पूर्ण रुपमा असफल भएको भन्दै विपक्षी गठबन्धनले पनि खानले तत्काल प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गर्दै आएको छ ।
विपक्षी दलहरुको सर्वदलीय सम्मेलनले मार्फत् २ महिना अघिनै २६ बुँदे संयुक्त सम्झौता पत्र सार्वजनिक गर्दै खानबिरुद्ध आन्दोलनको घोषणा गरिसकेको छ। स्रोतः द एक्सप्रेस ट्रिब्यून

Leave a Reply

Your email address will not be published. Required fields are marked *