September 13, 2026

दमक नगरपालिकाको बजेट सार्वजनिक

0

दमक,माघ  ६ । झापाको दमक नगरपालिकाले आर्थिक वर्ष २०७१/७२ का लागि करिब रु १८ करोड बढीको बजेट सार्वजनिक गरेको छ ।

आज नगरपालिकाले एक कार्यक्रम गरी कुल रु १८ करोड ७० लाख ७५ हजार १८१ बराबरको अनुमानित आयव्यय सार्वजनिक गरिएको हो ।

चालु आवमा भने नगरपालिकाले रु १५ करोड १६ लाख २७ को अनुमानित बजेट सार्वजनिक गरेको थियो । चालु वर्षको भन्दा रु तीन करोड ७० लाख ५९ हजार १५४ बढीको बजेट आव २०७१/index७२ का लागि सार्वजनिक गरिएको छ ।

नगरपालिकाका निमित्त कार्यकारी अधिकृत रुद्रप्रसाद न्यौपानेले बजेट सार्वजनिक गरेका हुन । उनले बजेट सार्वजनिक गर्दै स्थानीय स्तरका विकास निर्माण तथा अन्य पूर्वाधार, योजनामा यसले समेटिएको बताए ।

सार्वजनिक गरिएको बजेटमा आन्तरिक आम्दानीतर्फ रु सात करोड १७ लाख ८५ हजार १८१, लागत सहभागितामा रु दुई करोड ५० लाख, नेपाल सरकारबाट अनुदान रु चार करोड २३ लाख ४० हजार, जगेडा कोषबाट रु एक करोड २५ लाख, सडक बोर्डबाट रु ४० लाख, रजिस्टेसनबाट रु दुई करोड तथा अन्य आयबाट रु तीन करोड ६४ लाख ५० हजार सङ्कलन गरिने उल्लेख छ ।

त्यस्तै व्ययतर्फ प्रशासनिकमा रु दुई करोड २८ लाख ९७ हजार ४००, विकास तथा कार्यक्रममा रु १६ करोड ४१ लाख ७७ हजार ७८१ विनियोजन गरिएको जनाइएको छ ।

सो बजेट सार्वजनिक कार्यक्रममा इलाका प्रशासन कार्यालय दमकका उपसचिव वासुदेव कोइराला, नगरपालिकाका इन्जिनियर तीर्थनारायण श्रेष्ठ, पूर्व नगर प्रमुख रोमनाथ ओली, इन्द्र बुढाथोकी, रामकुमार थापा, विभिन्न राजनीतिक दल एवम् सामाजिक संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *