September 15, 2026

प्रवासी मञ्चद्धारा तीन सम्मानित

0

Photo
सुरुङ्गा, माघ ५ । झापा क्षेत्र नम्बर ४ का नवनिर्वाचित सभासद पे्रम गिरीलाई आइतवार सुरुङ्गामा आयोजित एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।
प्रवासी झापाली सम्पर्क मञ्च नेपालले सुरुङ्गा स्थित आफ्नो कार्यालय उद्घाटनको अवसर पारेर सभासाद गिरीलाई सम्मान गरेको हो । सोही अवसरमा मञ्चले निःशुल्क रुपमा कार्यालय उपलब्ध गराउने समाजसेवी चन्द्र बहादुर कार्की र सुरुङ्गा जेसिजका नवनिर्वाचित अध्यक्ष शिव कँडेललाई समेत सम्मान गरेको थियो । हरिचरण बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सभासद गिरीले जनताको चाहना बिपरित आपूmले कुनै पनि काम नगर्ने प्रतिबद्धता जनाए । लेखनाथ खतिवडाले सम्मानपत्र वाचन गरेको कार्यक्रममा स्वागत भिमा सिवाकोटीले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन संस्थाका कार्यकारिणी सचिव नेत्र प्रसाईले गरेको संस्थाका सदस्य तथा उक्त कार्यक्रमका व्यबस्थापक मनोज बस्नेतले जानकारी दिएका थिए । कार्यक्रममा झापा उद्योग वाणिज्यसंघ शाखा सुरुङ्गाका अध्यक्ष युवराज संग्रौला, वीर बहादुर दर्नाल, पूर्ण बहादुर सिटौला लगायतको उपस्थिति रहेको कार्यक्रममा जामुनवारी सामुदायिक बन उपभोक्ता समितिका पुर्व अध्यक्ष पर्शुराम गिरी, समाजसेवी रुद«प्रसाद चिमरिया, सम्मानित व्यक्तित्व शिव कँडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *