June 17, 2026

शंकराचार्यपीठ साधुटारको ३८ औं वार्षिकोत्सव

0

 DSC_0340 copy
विनोद पाण्डे
खदुनावारी,पुस २ । शंकराचार्यपीठ साधुटारको ३८ औं वार्षिकोत्सवको अवसरमा माघ २ गतेदेखि आयोजना गरिएको श्री श्री श्री संकटमोचन आत्मकल्याण आध्यात्मिक साङ्ग नवाह विराट ज्ञानमहायज्ञको दीपप्रज्वलन गरी प्रमुख अतिथि हेल्फएज इन्टरनेशनल नेपालकी प्रमुख  संगीता निरौला र विषेश अतिथि झापा क्षेत्र नं. ४ का सभासद प्रेम गिरी लगायत विभिन्न विशिष्ठ व्यक्तित्वहरुले सम्मुद्घाटन गरे ।
उत्त अवसरमा ३८ वटा आध्यात्मिक ध्वजाहरुको पूजनकासाथै ३८ गौ को पूजन गरिएको थियो । विद्यार्थी भोजन, गौशाला संरक्षण, अक्षयकोष स्थापना र घेरावारा निर्माण गर्ने उद्धेश्यका साथ सुरु गरिएको यज्ञको समापन माघ ९ गते हुने वताइएको छ । समुदघाटन समारोहका प्रमुख अतिथि संगीता निरौलाले आध्यात्मिक विचारमा विश्वमा सर्वश्रेष्ठ मानिएको हाम्रो धार्मिक आस्था र विश्वासलाई आधुनिक विश्वमा प्रतिष्पर्धामा पु¥याउन प्रचारप्रसारको आवस्यकता रहेको वताइन  । सो अवसरमा प्रमुख अतिथि निरौलाले गुरुकुलको संचालनका लागि सहयोगार्थ एकलाख एघारहजारको राशी प्रदान गर्नु भयो । समुदघाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै सांसद प्रेमवहादुर गिरीले शंकराचार्य पिठको विकासका लागि आफू लागी पर्ने वताए ।
कार्यक्रममा ज्ञान महायज्ञको औचित्यमाथि सभाध्यक्ष आर्चाय लक्ष्मीप्रसाद खतिवडाले प्रकाश पार्नु पारे भने नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय महासचिव एवं कञ्चनजंघा एफएमका प्रवन्ध निर्देशक चन्द्र भण्डारी, कनकाई फाउन्डेशनका संस्थापक अध्यक्ष जयनारायण ढुङ्गाना, पूर्वाञ्चल दैनिकका प्रधानसम्पादक मदन ढकाल, त्रिफला पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारी, खुदुनावारी गाविस सचिव गणेशकुमार वुढाथोकी, लगायतले  शुभकामना मन्तव्य राखेका थिए । सभामा वोल्दै  ढुङ्गानाले गत वर्ष प्रदान गरेको एकलाख एघार हजार एक सय १९ रुपैयामा थपेर दुईलाख पु¥याएको घोषणा गरे । सो अवसरमा गुरुकूलका विद्यार्थीहरुलाई खाना वापत सहयोग गर्ने चारपाने १ का मोहन–शीला ढकाललाई सम्मान गरिएको थियो । त्यस्तै अनारमनी ३ का निराजन चुडाललाई पनि सम्मान गरियो । संस्थाका अध्यक्ष पं केदारनाथ खतिवडाले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको संचालन प्रचारप्रसार संयोजक आर्चाय छन्दुराम भण्डारीले गरेका थिए ।
गुरुकुलीय पद्धतिमा पठनपाठन हुने शड्ढराचार्यपीठमा एक सय २५ बटुकहरु पठनपाठन गरिरहेका छन भने गौशालामा २२ गौ रहेका छन ।
पीठको खर्च व्यवस्थापनमा पाँच सय घरवाट दिइने मुष्ठिदान वाहेक कुनैपनि स्रोत नभएको र दीर्घकालीन रुपमा पीठको व्यवस्थापन गर्नकोलागि  र शड्ढराचार्यपीठलाई जोगाई राख्न सम्पूर्ण धर्मप्रेमी, दानवीर महानुभावहरुमा पीठले सहयोगको अपेक्षा राखेको, यज्ञ आयोजक समितिका अध्यक्ष पं.लक्ष्मीप्रसाद खतिवडाले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *