June 17, 2026

माइधारमा मानवअधिकार सहायता कक्ष

0

बिर्तामोड,पुस ३० । माघेसंक्राlogo-of-purwanchalन्तिका अवसरमा हजारौं श्रद्धालुजनहरुको उपस्थिति रहने कन्काई माईको मकरसंक्रान्ति मेलाका अवसरमा मानवअधिकार तथा मानविय सेवाका क्षेत्रमा कार्यरत्त विभिन्न पन्ध्रवटा संस्थाहरुको संयुक्त सहभागितामा ‘मानवअधिकार सहायता कक्ष’ स्थापना गरी सेवा तथा सचेतना कार्यक्रम संचालनमा ल्याउने कार्यक्रमको आयोजना गरिएको छ ।
उक्त सहायता कक्षको उद्घाटन भोलि माघ १ गते विहान  ८ बजे स्थानीय कन्काई माईको कोटिहोममा हुने आइडीएफ नेपालका अध्यक्ष विष्णु खरेलले वताएका छन्  । विगत बर्षवाट प्रारभ्भ गरिएको यस प्रकारको सचेतना सहायताको प्रभावकारिता सकारात्मक रहेको अनुभवका आधारमा निरन्तर रुपमा यो अभियान संचालनमा ल्याइएको हो । उक्त सहायता कक्षवाट मानवअधिकार, महिला अधिकार, सूचनाको अधिकार, अपाङ्गता भएकाहरुको अधिकार, यूवा अधिकारका साथै एचआईभी संक्रमणवाट वच्ने उपायहरु, बैदेसिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सावधानीहरु, महिला वेचविखनका विरुद्धका अभियान र सचेतनाजस्ता विषयहरुमा आम मानिसहरुमा सूसुचित गराउन हाते पर्चा वितरण, लिफलेट तथा पोष्टरहरुको वितरण, डकुमेन्ट्री प्रर्दशन, हाते पुस्तक तथा विभिन्न सैक्षिक सामग्रीहरुको वितरण गरिने वताइएको छ । त्यसैगरी, मानवअधिकार हनन् भएका पीडितहरुको उजुरी स्थलगत रुपमा लिने, परामर्श सेवा उपलब्ध गराउने कार्य गरिनेछ । उक्त सहायता कक्षमार्फत नेपाल रेडक्रस सोसाईटी झापाले तिर्थालुहरुको प्राथमिक उपचार र दुर्घटना उद्धारका लागि मानविय सेवा उपलब्ध गराउने ब्यवस्था गरेको छ । राष्ट्रिय मानवअधिकार आयोग, आइडीएफ नेपाल, इन्सेक, एमनेष्टि इन्टरनेशनलको अगुवाईमा आयोजना गरिएको उक्त सहायता कक्षको संयुक्त आयोजनामा मानवअधिकार संजाल, झापा, नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा, लगायत दमक अपाङ्ग सहयोग समिति, युथ एक्सन नेपाल, सुरुङ्गा जेजीस, मानवअधिकार प्रतिष्ठान, काहुराष्ट  सहकार्य युवा क्लव सुरुङ्गा, प्रवासी नेपाली समन्वय समिति, राष्ट्रिय युवा महासंघ, ज्ञानज्योती युवा क्लव, सुरुङ्गालगायतका संस्थाहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *