September 15, 2026

एएफसीमा नयाँ नेतृत्व

0

एएफसीमा नयाँ नेतृत्व
बिर्तामोड,पुस २८ । अनारमनी फुटबल क्लब (एएफसी)को आइतबार सम्पन्न साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । श्यामकुमार गुरुङ अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो ।
क्लबको उपाध्यक्षत्रयमा छिरिङ शेर्पा, चित्रप्रकाश राई, मेघराज बाँस्तोला, सचिवमा गोपाल राई र कोषाध्यक्षमा मनोज बुढाथोकी रहेका छन् । पूर्वाञ्चल दैनिकका प्रकाशक भरतलाल गिरीको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले सदस्यमा विजय बस्नेत, भागिमान गुरुङ, उदय गुरुङ, नरेन राई, सन्तोष गुरुङ र पृथ्वी गुरुङलाई चयन गरेको छ । समितिले सहसचिव र दुई सदस्यलाई पछि मनोनित गर्ने भएको छ ।
निवर्तमान अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा सम्पन्न साधारणसभामा प्रमुख अतिथि गिरी, नेपाल खेलकुद  पत्रकार मञ्च झापाका अध्यक्ष रमेश समदर्शी, तमू ह्यूल छोँज धिँ गुरुङ राष्ट्रिय परिषद् झापाका अध्यक्ष आनन्द गुरुङ, पृथ्वी न्यौपानेलगायतले शुभकामना दिएका थिए ।
तस्वीर- नवनिर्वाचित पदाधिकारीसँग सामुहिक तस्वीर खिचाउँदै ।
aफोटो  – एनएसजेएफ

Leave a Reply

Your email address will not be published. Required fields are marked *