April 29, 2026

कबिता  

दयानन्द गोस्वामी ।

तिमी लाई भेटदा लाग्यो मलाई
पूर्णिमाको प्रकाश पुन्ज नै भेटेँ,

मेरा नयनहरू मा समाहित भयौ अनी असिमित प्रज्वल्यमान भएँ,

अंकमालको सीमारेखा भित्र पनि त्यो अंधकारमय रातको अनुभूति,

मरूभूमि मा झर्न लागेको जुन झैँ
एक्लै चन्द्रमा ताराहरू अनी तिमी,

ताराहरू को भिडमा नी टिलपिल
त्यही प्रकाश उज्ज्वल पुन्ज प्रभा,

कति सोभायमान देखिन्थ्यौ तिमी
कुनै क्षण चन्द्रमा झैं पनि हुन्थ्यौ,

अनी कुनै क्षण त चन्द्र प्रभा जस्तै
उदास रातको एक्लोपन को पलमा,

झुल्किन्थ्यौ पुनम पूर्णमासी रातमा
साँच्चै!यो सं रात रहोस या न रहोस ,

चन्द्रमा तिमी र यो शुष्क मरूभूमि
अनी यो उदासीन रातको नैराश्यता,

शीतल बालुवाका रुग्ण पिण्डहरू
चुपचाप रुंँदै सिसकदै गरेको देख्दा,

अतीतमा कसैको सम्झना भैरहेको
अविस्मरणीय मानस का छबिहरू,

रोमान्चीत गराई रहेछ जीवन भरी
अर्थपूर्ण चन्द्रकला सरी यो जीवन,

कहिले हर्षान्वित गराई रहन्छ मन
अनी कहिले विस्मित गराउँछ तन,

तथापि हरेक क्षण अनी पल हरू
मेरा हृदयमा कोमल ढंगले समेटें,

तिमी लाई भेटदा लाग्यो मलाई
पूर्णिमाको प्रकाश पुन्ज नै भेटेँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *