September 13, 2026

र्दुघटनामा एक महिलाको मृत्यु

0

झिलझिलेमा ।

झापाको झिलझिलेमा मंगलबार साझ बोलेरो जीपको ठक्करबाट एक जना ४० वर्षीया महिलाको मृत्यु भएको छ।

पूर्वबाट पश्चिम जादैँ गरेको बा ११ च ५९९० नम्बरको बोलेरो जिपले ठक्कर दिँदा शिवासताक्षी ८ झिलझिलेकी कमला चापागाईंको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय झिलझिले अगाडि भएको सो दुर्घटनाबाट गम्भीर घाइते भएकी चापागाईंको उपचार का क्रममा बिर्तामोड स्थित बी एण्ड सी हस्पिटलमा मृत्यु भएको जिल्ला जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक प्रकाश जबेगूले बताए।

दुर्घटनामा संलग्न उक्त बोलेरो र चालक शिवासताक्षी नगरपालिका वडा नम्बर ९ का ४३ वर्षीय अमृतबहादुर योङ्हाङ्गलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *