September 14, 2026

सीडीओलाई स्वागत, गिरीलाई बधाई

0

बिर्तामोड ।

झापामा भर्खरै जिम्मेवारी सम्हाल्न आएका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई स्वागत तथा सामाजिक सेवारत्न पदकबाट विभुषित हुन लागेका सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीलाई बधाई ज्ञापन कार्यक्रम मंगलबार बिर्तामोडमा सम्पन्न भएको छ ।

अतिथि सदनमा आयोजित कार्यक्रममा संवाद समूहसहित विभिन्न संघ–संस्थाले प्रजिअ तिमिल्सिना र गिरीलाई स्वागत तथा बधाई ज्ञापन गरेका थिए । सो क्रममा बिर्तामोड उद्योग वाणिज्य संघ, मेची पेट्रोलियम डिलर्स एसोसिएसन, वैदेशिक रोजगार व्यवसायी संघ, रोटरी क्लव अफ बिर्तामोड मिडटाउन, रोटरी क्लव अफ बिर्तामोड, नेपाल रेडक्रस सोसाइटी लगायतका संस्थाले सामूहिकरुपमा खादा पहिर्याएर तथा मायाको चिनो प्रदान गरेर स्वागत तथा बधाई ज्ञापन गरेका थिए ।

झापाको नयाँ प्रजिअको रुपमा तिमिल्सिनाले गत भदौ २१ गतेबाट जिम्मेवारी सम्हालेका छन् । उनले त्यसक्रममा झापामा शान्ति सुव्यवस्था कायम गर्न सबै पक्षको सहयोग र सहकार्य जरुरी रहेको औल्याए ।

सहारा नेपाल तथा सहारा नेपाल साकोसका सचिव एवम् कार्यकारी प्रमुख रहेका गिरीको परिकल्पना र नेतृत्वमा विभिन्न अभियान सफलतापूर्वक सम्पन्न भएका छन् । यस वर्षको संविधान दिवसको दिन राष्ट्रपतिबाट गिरीलाई सामाजिक सेवारत्न पदक प्रदान गर्ने घोषणा भएको हो ।

त्यसक्रममा गिरीले समाज परिवर्तनका लागि सकारात्मक सोचसहित सामाजिक अभियानमा सहकार्य गर्ने र सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।कार्यक्रम बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *