September 17, 2026

पौडेल युवाहरु संगठित, दमकमा बन्यो पौडेल युवा मञ्च

0

दमक ।

झापाको दमकमा पौडेल युवाहरुको साझा संस्था पौडेल युवा मञ्च गठन भएको छ । दमक ७ स्थित पौड्याल वंशोद्धार समितिको भवनमा सम्पन्न पौडेल वंशका युवाहरुको ऐतिहासिक पहिलो बृहत नगर भेलाले दमक ५ का थरेन पौडेलको अध्यक्षतामा १५ सदस्यीय पौडेल युवा मञ्च दमक नगर समिति सर्वसम्मत चयन गरेको हो ।

युवा मञ्चको उपाध्यक्षमा दमक ९ का दिपेन्द्र पौडेल, सचिवमा दमक ८ का केदारबाबु पौडेल, सहसचिवमा दमक ६ की कविता पौडेल र कोषाध्यक्षमा प्रनिता पौडेल रहेका छन । त्यसैगरी सदस्यहरुमा प्रदिप पौडेल दमक ३, विजय पौडेल दमक ९, अरुण पौडेल दमक ७, खेमराज पौडेल दमक ४, निलम पौडेल दमक १, मोहन पौडेल दमक ९, मनोज पौडेल दमक १० रहेका छन । थप एक जना सदस्य आगामी बैठकले मनोनित गर्ने जनाइएको छ ।

सोही भेलाले पौडेल वंशका १६ देखि ४५ बर्ष उमेर समुहका युवाहरुलाई संगठित गर्दै सो संगठनलाई झापाका अन्य पालिकाहरुमा समेत विस्तार गर्ने तथा आवश्यक सुझाव सल्लाह प्रदान गर्न राम पौडेलको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । समितिका सहसंयोजकमा विष्णु पौडेल, सदस्यहरुमा ज्ञाननाथ पौडेल (ज्ञानु) , गायत्री पौडेल ( सन्तोष) र रेवत पौडेल रहेका छन ।

भेला आयोजक समितिका संयोजक राम पौडेलको अध्यक्षता र पौडेल वंश महासंघका केन्द्रिय सदस्य युवराज पौडेलको प्रमुख आतिथ्यमा भएको सो भेलाले संगठन सञ्चालन तथा बन्धुहरुको हितका लागि युवाहरुबीच दमक दैनिक एक रुपैयाँ सहयोग संकलन गर्ने निर्णय पनि गरेको छ ।

सो भेलामा प्रमुख अतिथी केन्द्रिय सदस्य पौडेल, विशेष अतिथीहरु दमक उद्योग वाणिज्य संघका कार्य समिति सदस्य गायत्री पौडेल ( सन्तोष) र वाणिज्य संघका निवर्तमान केन्द्रिय सदस्य ज्ञाननाथ पौडेल ( ज्ञानु)ले पनि शुभकामना मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *