June 17, 2026

गिट्टी, बालुवासहित ट्याक्टर नियन्त्रणमा

0

    विरगञ्ज मंसीर १९ ।  अवैधरुपमा उत्खनन गरी भारततर्फ लगिरहेको अवस्थामा प्रहरीले आज गिट्टी, बालुवासहित तीनवटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । logo-of-purwanchal

पर्साको शङ्करसरैया गाविसस्थित भलुवाही खोलाबाट अवैधरुपमा उत्खनन गरेर गिट्टी, बालुवा लोड गरी भारततर्फ लगिरहेको अवस्थामा ना१त ६७६३, मे१त २१९५ र नम्बर प्लेट नभएको अर्को एक ट्याक्टरलाई शङ्करसरैयाबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

भलुवाही खोलाबाट अवैधरुपमा उत्खनन गरिएको गिट्टी, बालुवा सेढवा हुँदै सीमावर्ती भारतीय गाउँ पाडेपुरसम्म नेपाली नम्बरको ट्याक्टरले पु¥याउने कार्य महिनौँदेखि भइरहेको प्राप्त सूचनाका आधारमा प्रहरी चौकी शङ्करसरैयाबाट खटिएको प्रहरी टोलीले गिट्टी, बालुवा लोड भएको उक्त ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *