September 17, 2026

कात्तिकसम्म विद्यालय सञ्चालन नगर्न मन्त्री पोखरेलको आग्रह

0

 

झापा,
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीको न्यूनतम सिकाई सुनिश्चितताका लागि सरकारले नयाँ आकस्मिक विद्यालय सञ्चालन कार्ययोजना ल्याएको बताउनुभएको छ । असोज १ गतेबाट मन्त्रीपरिषदको बैठकले कार्ययोजना पास गर्दै प्रमाणित गरेको र असोजको पहिलो हप्तादेखि कार्ययोजना लागू भएको मन्त्री पोखरेलले बताउनुभयो ।


शिक्षा पत्रकार समाजले आज आयोजना गरेको वैकल्पिक सिकाई प्रणालीको कार्यान्वयनमा सञ्चारमाध्यममको भूमिका विषयक भच्र्यूअल बैठकमा बोल्नु हुँदै मन्त्री पोखरेलले कात्तिकसम्म कोरोना भाइरस कोभिड १९ को संक्रमणको दर बढी हुने देखिएकाले विद्यालय सञ्चालन गर्ने खोज्ने पालिकाहरुलाई विद्यालय सञ्चालन नर्गन र बैकल्पिक सिकाईमा नै जोड दिन आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *