September 21, 2026

लागूऔषध सहित एक जना पक्राउ

0

सुनसरी।

सुनसरीको हरिनगर–६ घुस्की बस्ने अकमुल अंसारी लागूऔषध सहित पक्राउ परेका छन् ।

इनरुवा–१ गोलपार्क एरियामा विशेष सुराकका आधारमा साईकलमा आईरहेका अंसारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण पश्चात उनीमाथी चेकजाँच गर्दा उनको साथबाट लागूऔषध ४९ बोलत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनीमाथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *