April 29, 2026

यातायात व्यवसायीले बुझाए ज्ञापन

0

बिर्तामोड । मेची राजमार्गमा सञ्चालन भइरहेको १३ वटा यातायात सम्बद्ध संघ–संस्थाले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै आउँदो असोज १ गतेदेखि सवारी सञ्चालन गर्ने जनाएका छन् ।

यातायात व्यवसायीहरुले झापाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र बुझाउँदै बन्दाबन्दीका कारण यातायात मजदुरको जीवन कष्टकर भएको, व्यवसायीहरुले बैकको व्याज र ऋण तिर्न नसक्ने अवस्था आएको भन्दै मेची राजमार्ग अन्तर्गत चल्ने सबै सार्वजनिक सवारीहरु पूर्ण रुपले सञ्चालन गर्ने जनाएका हुन् । आइतवार प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापन–पत्रमा बन्दाबन्दीको सबैभन्दा बढी असर यातायात क्षेत्रमा परेकोले इलाम, पाँचथर र ताप्लेजुङ जिल्ला प्रशासन कार्यालय समक्ष समेत ज्ञापन बुझाइने उल्लेख छ ।

बिर्तामोडस्थित टेकबहादुर गिरी बसपार्कमा शनिवार भएको बैठकमा कञ्चनजंघा मेची यातायात, पूर्वाञ्चल यातायात प्रालि, विशाल भलाई यातायात प्रालि, बुद्धशान्ति यातायात, बुद्धशान्ति अटो प्रालि, हातेमालो यातायात, मेची पहाडी यातायात, पाथीभरा यातायात, अर्जुनधारा यातायात, हिमाल यातायात, तमोर मैवा यातायात, मेची अटो यातायात र तिम्बुङ पोखरी यातायातका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता थियो ।

ज्ञापनको बोधार्थ जिल्लाप्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बिर्तामोडलाई दिइएको कञ्चनजंघा यातायातका अध्यक्ष नरहरि चापागाँईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *