April 29, 2026

करफोक विद्या मन्दिरमा रहेको क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु

0

गणेश अर्याल
इलाम
इलामको सूर्योदय नगरपालिकाको करफोक विद्या मन्दिरमा रहेको क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ ।
उनको गए राति ११ बजेतिर मृत्यु भएको हो । सूर्योदय नगरपालिका वडा नं. ९ का २२ वर्षका युवाको क्वारेन्टाइनमा मृत्यु भएको सूर्योदय नगरपालिका वडा नं. १० का अध्यक्ष पेमा उर्गेन लामा (भाइचुङ) ले जानकारी दिनुभयो ।
उनी साउन २६ गते भारतको हैदरवादबाट आएर क्वारेन्टाइनमा बसेका थिए । मृतको पीसीआर परीक्षणको रिपोर्ट आइसकेको छैन । साउन ३० गते उनको स्वाब परीक्षणका लागि पठाइए जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन बिमल बरालले बताउनुभयो ।
क्वारेन्टाइनमा वसेका उनी आइतबारदेखि बिरामी भएका थिए । उनको प्राथामिक स्वास्थ्य चौकीका चिकित्सकले क्वारेन्टाइनमा नै पुगेर उपचार गरेका थिए ।


मृतकमा स्वास प्रस्वासको समस्या देखिएको थियो । मृतकको नाम खुलाइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *