April 29, 2026

पूर्णिमाद्धारा आर्थिक सहयोगको याचना

0

बिर्तामोड ।

झापाको बिर्तामोड–५ कि एक किशोरीले आफ्नो उपचारमा आर्थिक अभाव भएको भन्दै सहयोग गरिदिन आग्रह गरेकी छिन् ।

गत साउन २८ गते पानी खाँदा सर्किएको र सिकिस्त विरामी भएपछि उनलाई उपचारका लागि बिर्तासिटी हस्पिटल पुर्याइएको थियो । उनको पानीकै कारण फोक्सोमा इन्फेक्सन भएको चिकित्सकले बताएको उनकी आमा राधा दासले जानकारी दिइन् ।

बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत् पूर्णिमा दास अहिले पनि आइसियु कक्षमा उपचाररत् रहेको र पारिवारिक अवस्था दयनीय भएकाले आर्थिक सहयोगको याचना गरेको आमा राधाको भनाइ छ ।

श्रीमानको समेत निधन भइसकेको र छोरी समेत जीवनमरणको दोसाँधमा रहेकाले सबैले आर्थिक सहयोग गरिदिए छोरी बाँच्ने भन्दै आफ्नै छोरी सम्झेर सहयोग गरिदिन सबैसँग आग्रह गरेकी छिन् ।

पूर्वाञ्चल दैनिकको कार्यालयमा नै आएर राधाले सबैलाई सहयोग गरिदिन र छोरीको ब्रेनमा समेत समस्या देखिएकाले थप उपचारका लागि विराटनगर लैजानुपर्ने भएकाले सहयोग गरिदिन अनुरोध गरेकी छिन् । पूर्णिमालाई सहयोग गर्न चाहनेले ९८१५९९२४८८ नम्बरमा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *