मेची राजमार्गको रोड सडक खण्डमा पहिरो खस्दा यातायात ठप्प
झापा, नेपाल टेलिकमले अप्टिकल फाइबर बिछ्याउनका लागि नाली खनेका कारण मेची राजमार्ग सोमबार रातिदेखि अवरुद्ध भएको छ ।

अविरल वर्षासँगै राजमार्ग माथिबाट पहिरो खसेका कारण मेची राजमार्ग अन्तरगत इलामको रोङ गाउँपालिका–३ र ४ खण्डमा पर्ने करिब १० किलोमटिर क्षेत्रको विभिन्न आठ ठाउँमा पहिरो खसेको छ ।
सोमबार रातिबाट पहिरो खसेर अवरुद्ध बनेको सडक एकतर्फी सुचारु गर्न पहिरो पन्छ्याने काम भइरहेको रोङ गाउँपालिका प्रवत्ता मणिकुमार स्याङ्वोले जानकारी दिनुभयो ।
गाउँपालिका क्षेत्रमा पहिरोका कारण बाटो र विद्युत अवरुद्ध भएको छ । यस्तै पहिरोले रोङ–६ का बलबहादुर राईको घर बगाएको छ । परिवारलाई राति नै स्थानान्तरण गरिएको वडाध्यक्ष स्याङ्बोले जानकारी दिनुभयो ।
राजमार्गमा पहिरोका झरेका कारण झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ चल्ने सवारी साधन तथा पहाडी जिल्लाबाट झापा आउने यातायातका साधन ठप्प छन् ।

