September 17, 2026

तीन शिक्षकको बिदाई

सुरुङ्गा, असोज १२ । कनकाई उच्च मा.वि.सुरुङ्गामा अनिवार्य अवकाश पाई सेवानिवृत्त ३ जना शिक्षकहरुलाई हार्दिक बिदाई गरिएको छ । एक विशेष समारोहमा कुसुम घिमिरे, रामप्रसाद शर्मा घिमिरे र भक्तिप्रसाद संग्रौलालाई बिदाई गरिएको हो । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विभिन्न संघसंस्थाका प्रतिनिधि, पूर्व शिक्षकहरु, शिक्षक, अभिभावक र विद्यार्थीहरु सम्मिलित सो कार्यक्रममा बिदाई हुने शिक्षकहरुलाई अभिनन्दन–पत्र, दोसल्ला, फूलमाला र अबिरले सम्मान सहित बिदाई गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीलाप्रसाद भेटवालको सभापतित्वमा भएको सो कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक एवम् विव्यसका पूर्व अध्यक्ष कोमलप्रसाद पोखरेल, सो विद्यालयका पूर्व शिक्षक एवम् कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका क्याम्पस प्रमुख त्रिलोचन मैनाली र विद्यालयका पीटीएका पूर्व अध्यक्ष श्यामकुमार पौडेलले बिदाई हुने शिक्षकत्रयलाई सम्मान गरेका थिए । विद्यालयका सहायक प्राचार्य निर्मलकुमार शर्मा खतिवडाले बिदाई हुने शिक्षकलाई विद्यालयको तर्फबाट धार्मिक ग्रन्थहरु ‘गुणरत्नमाला’ र ‘विदुरनीति’ प्रदान गरेका थिए । प्राचार्य ईश्वरीप्रसाद शिवाकोटीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा शिक्षकहरु अम्बिका उप्रेती, ताराप्रसाद खनाल, ध्रुबप्रसाद पाठक, पूर्व विद्यार्थी टीकाप्रसाद लामिछाने, शिक्षक प्रतिनिधि नरेन्द्रप्रसाद खरेल,कनकाई बालअधिकार चेतना समूहका सचिव अनुप भण्डारी, विशिष्ट अतिथिहरु कोमलप्रसाद पोखरेल र त्रिलोचन मैनाली, बिदाई हुने शिक्षकहरु कुसुम घिमिरे,रामप्रसाद शर्मा घिमिरे, भक्तिप्रसाद संग्रौला लगायतले बोलेका थिए । गीत तथा नृत्यहरु समेत प्रस्तुत भएको कार्यक्रममा पीटीएका अध्यक्ष राजेन्द्र मैनाली, विव्यस सदस्यहरु यदुनाथ अधिकारी, कवि प्रसाईं, पीटीए सदस्य लीलाराज कार्की, ज्ञानज्योति युवा क्लबका अध्यक्ष सुनिल भेटवाल, सचिव छबि थपलिया, पूर्व शिक्षकहरु बुद्धदेवप्रसाद घिमिरे, ईश्वरीप्रसाद कट्टेल, भक्तप्रसाद सिटौला, जनार्दन उप्रेती, लक्ष्मीबिनोद दाहाल, नि.मा.वि.ईञ्चार्ज नरेन्द्रकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम शिक्षक तीर्थराज खरेलले सञ्चालन गरेका थिए ।