June 13, 2026

संसद् दिवसका अवसरमा शुभकामना

0

काठमाडौँ, 

पूर्वसांसद मञ्च, नेपालले ‘बाँचौँ र बचाउँ’ भन्ने नाराका साथ ६२ औँ संसद् दिवस मनाएको छ । प्रत्येक वर्ष असार १६ गते संसद् दिवस मनाउँदै आएको छ ।

मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले संसद् विसका अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । मञ्चले स्थापनाकालदेखि नै व्यवस्थापिका संसद् सचिवालयको सहयोगमा संसद् दिवस समारोह विभिन्न कार्यक्रमका साथ मनाउ‘दै आइरहेको थियो । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को प्रकोपको कारण यो वर्ष मनाउन नसकिएर प्रेस विज्ञप्तिमार्फत शुभकामना दिने निर्णय मञ्चले गरेको थियो ।

नेपालमा २००७ फागुन ७ गतेबाट १०४ वर्षे जहानियाँ राणा शासनको अन्त्य भएको आठ वर्षपछि २०१५ फागुनमा मात्र पहिलो संसदीय निर्वाचन भयो तर संसद्को पहिलो बैठक साढे तीन महिना पछि २०१६ असार १६ गते मध्यरातमा मात्र बसेको व्यहोरा सर्वविदितै छ । पहिलो संसद्को यही ऐतिहासिक दिनको स्मरण गर्दै संसद् दिवस मञ्चले मनाउँदै आएको छ ।

‘कोभिड–१९ को विश्वव्यापी महामारी र बाढी पहिरोजस्ता अन्य प्राकृतिक प्रकोप र विभिन्न रोगबाट अक्रान्त भइरहेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचार, कालाबजारी, महँगी नियन्त्रण गर्न तथा यस महामारीको सङ्कटबाट जनता र मुलुकलाई जोगाउन अविलम्ब अझै ठोस कदम चाल्नका साथै कोभिड–१९ को प्रकोपले निम्त्याउने आर्थिक, सामाजिक चुनौतीको परिणामलाई अवसरका रुपमा बदलेर मुलुकलाई सकारात्मकतातर्फ लैजानसमेत सरकारसँग मञ्च माग गर्दछ ।’

मञ्चले यस महामारीबाट ज्यान गुमाउने प्रति श्रद्धाञ्जलि अर्पण गर्दै सङ्कटबाट गुज्री रहनुभएका व्यवसायका मजदूर, उद्योगी व्यापारी, सञ्चारकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायत सम्पूर्णमा पर्न गएको सङ्कटप्रति दुःख व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *