April 30, 2026

केशव आचार्य

तिम्रो मुटुको माझमा पस्न देउ मलाई
अनि परेली छायामा बस्न देउ मलाई।

तिमी भित्रै हराउन,बिलाउन चाहान्छु म,
तिम्रो कलेजी कुनामा फस्न देउ मलाई।

म फूल हू कि काडा हू,बुझ्ने मन छ भने,
पैतलामा एकचोटि, धस्न देउ मलाई।

हुदैन- भन्छ्यौ भने ,एउटा बिन्ती छ मेरो,
तिम्रै अगाडि खरानी, घस्न देउ मलाई।

मौन स्वीकृति छ भने,अर्को बिन्ती छ मेरो,
सबै सामुन्ने अङ्गालो कस्न देउ मलाई।

1 thought on “गजल

Leave a Reply to बिष्णु Cancel reply

Your email address will not be published. Required fields are marked *