April 30, 2026

जटिल पत्थरीको सफल शल्यक्रिया

0

घोडाघोडी,

धनगढीको कैलाली अस्पतालले पहिलो पटक मूत्रनलीमा अड्किएको जटिल पत्थरीको सफल शल्यक्रिया गरेको छ ।

अस्पतालले कञ्चनपुरका २९ महिने बालकको मूत्रनलीमा अड्किएको ७ दशमलव ८ एमएमको पत्थरीको सफल शल्यक्रिया गरिएको जनाएको छ ।

अस्पतालका डा आनन्द पाठक र अरुण पाण्डेको समूहले दूरबिन प्रविधिबाट विनाचिरफार जटिल पत्थरीको शल्यक्रिया गरेको कैलाली अस्पतालका सञ्चालक जनकराज जोशीले जानकारी दिनुभयो ।

धनगढीमै मूत्रनलीको जटिल पत्थरीको शल्यक्रिया भएपछि बालकका अभिभावकले खुशी व्यक्त गरेको अस्पताल प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *