April 30, 2026

भोजपुरमा विप्लव समूहका एक कार्यकर्ता पक्राउ

0

भोजपुर,

भाेजपुरमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पौवादुङमा गाउँपालिका-३, च्याङ्ग्रे औलियाका २१ वर्षीय विकाश राई (किराती) लाई प्रहरीले पक्राउ गरेको हो ।

विप्लव नेतृत्वको नेकपाको भातृ सङ्गठन अनेरास्ववियु क्रान्तिकारी भोजपुरका जिल्ला अध्यक्ष एवं जिल्ला समिति सदस्यसमेत रहेका राईलाई गएको आइतबार च्याङ्ग्रेको साङपाङ डाँडामा सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ गरी भोजपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय भोजपुरबाट २० दिनको म्याद थप गरी राईमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *