September 17, 2026

कोरोना परीक्षण सामग्री सहयोग

0

बुटवल,

रोटरी क्लब अफ बुटवलले प्रदेश नं ५ को सरकारलाई कोरोना नियन्त्रण तथा परीक्षणका लागि आवश्यक सामग्री निःशुल्क प्रदान गरेको छ । क्लबले सामाजिक विकासमन्त्री सुदर्शन बराललाई पिसिआर किट तथा स्वाब कलेक्शन लिड हस्तारन्तरण गरेको क्लबले जनाएको छ ।

रोटरी क्लब अफ बुटवलका अध्यक्ष दिल्लीकुमार श्रेष्ठ, रोटरीका अनगोइन सर्भिस प्रोजेक्ट चेयर कृष्णप्रसाद पराजुली, डा सागर पौडेलसहितको टोलीले पाँच सय थान पिसिआर किट तथा एक हजार थान स्वाब कलेक्शन लिडसहितका सामग्री मन्त्री बराललाई बुझाएको हो ।

सो अवसरमा मन्त्री बरालले कोरोना संक्रमणको उपचार र परीक्षणका लागि सामग्रीको अभाव भएका समयमा रोटरी क्लबले गरेको सहयोगले धेरै सर्वसाधारण नागरिकको जीवन सुरक्षामा टेवा पुग्ने बताउनुभयो ।

रोटरीका अध्यक्ष श्रेष्ठले क्लबले दैनिक मजदूरी गरी जीवनयापन गरिरहेका परिवारलाई खाद्य सामग्री राहत र कोरोना संक्रमणको नियन्त्रणमा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *