पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु
झापा।

झापाको दमक नगरपालिका–१ को भित्री सडक खण्डमा पिकअप गाडीले पैदल यात्रीलाई ठक्कर दिंदा पैदल यात्री दमक नगरपालिका–१ का ७८ का दुर्गा प्रसाद अधिकारीको मृत्यु भएको छ ।
आज दिउँसो पौने ४ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ च ९१७ नम्बरको पिकअपले ठक्कर दिंदा घाईते भएका अधिकारीको लाईफ लाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
ठक्कर दिने पिकअप र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
