September 15, 2026

बलात्कारको आरोपमा हिरासतमा रहेका युवामा कोरोना संक्रमण

0

गोरखा,

प्रहरी कार्यालयको हिरासतभित्रै एक किशोर कोरोना संक्रमित भेटिएका छन्। पालुङ्टार नगरपालिका वडा –७ बुढीकुवाका १७ वर्षीय किशोर समकक्षीमाथि बलात्कार गरेको आरोपमा १० दिनअघि थुनामा परेका थिए।

उनी जीवनज्योति मावि च्याङ्लीमा कक्षा नौमा पढ्ने विद्यार्थी रहेको प्रहरीले जनाएको छ। हिरासतमा हाल उनीसहित दुईजना रहेका डिएसपी बासुदेव खतिवडाले जानकारी दिए।

उनलाई गोरखा अस्पतालको आइसोलेशनमा पठाइएको जिप्रका गोरखाले जनाएको छ। उनको गाउँ बुढीकुवालाई सुरक्षित राख्दै कन्ट्याक ट्रेसिङ गर्न सुरु गरिएको नगरपालिकाका मेयर दीपकबाबु कँडेलले जानकारी दिए।

उनका अनुसार पालुङ्टार नगरपालिका ७ मा गत बैशाख महिनादेखि यता भारतबाट १७ जना आएर क्वारेन्टाइनमा बसेका छन्। पालुङ्टार नगरपालिकामा गत बैशाखदेखि अहिलेसम्म भारतबाट ३५ जना आएका छन्।

उनीहरुमध्ये छ जनाको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *