September 15, 2026

फौजी किराले मकैबालीलाई क्षति पु¥यायो

0

ललितपुर,

दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–१ घुसेलमा फौजी किराले मकैबालीमा क्षति पु¥याएको छ । सो किरा यस अगाडि यहाँको वडा नं २ माल्टा, ४ प्युटार र ६ आश्राङमा पनि देखापरेको थियो ।

किराले पहिलोपटक प्युटारका मकैबालीमा क्षति पु¥याएको थियो । यसपछि माल्टा र आश्राङ हुँदै घुसेल पुगको गाउँपालिका कृषि विकास शाखा प्रमुख सुवास खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “प्युटारको लगभग ९०० रोपनी तथा माल्टा र आश्राङका पाँच–पाँच सय रोपनी जमिनका मकैबालीमा किराले क्षति पु¥याएको पाएपछि हामीले हरेक वडामा अनुगमन गर्दा यहाँ पनि पायौँ ।

गाउँपालिकाको बजेटमार्फत लगभग रु दुई लाखको विषादी र स्प्रे खरिद गरी किसानलाई निःशुल्क वितरण गरिसकेका छौँ ।” अब थप अन्य किसानलाई आवश्यक पर्ने विषादी गाउँपालिकाले निःशुल्क वितरण गर्न नसक्ने हुँदा इमोमेक्टिन बेन्जोएट नामक विषादी मागाइदिएर सहयोग गरिरहेको उहाँले जानकारी दिनुभयो ।

विषादी किरा नियन्त्रण गर्न निकै प्रभावकारी मानिन्छ । यसले मकैको गुभो भिज्ने गरी स्प्रे गरेपछि किरा मर्छ । वाग्मतीको मकैबालीमा अमेरिकन फल वार्म नामक फौजी किरा देखिएको हो । किराले माल्टा, प्युटार र आश्राङका हरेक किसानको मकैबारीमा १० देखि १५ प्रतिशत क्षति पु¥याएको छ ।

गत जेठ १३ गते वाग्मतीको वडा नं ७ गिम्दीमा आएको ठूलो हावाहुरीले यहाँको ७० देखि ८० प्रतिशत मकैबाली नष्ट गरेको थियो । कूल सात वडामध्ये घुसेल, माल्टा, प्युटार र आश्राङमा व्यापक फौजी किरा लाग्नु र गिम्दीको मकैबाली हावाहुरीले सखाप पार्नाले यो वर्ष वडा नं ३ भट्टेडाँडा र वडा नं ५ इकुडोलको मकैबाली मात्र आजसम्म राम्ररी उत्पादन भइरहेको छ ।

सो किराले मकैको गुभो, धानचमरा खाइदिने र एकपल्टमा १०० देखि २०० अण्डा पार्ने हुँदा मकैबालीको समय सकिएपछि अन्य अन्न बालीमा समेत यसले असर गर्न छाड्दैन । “यो किराको टाउकोमा वाइ आकारको सेतो धर्सा र जिउँको पछाडि भागमा खैरो रङको छ धब्बा देखिने गर्छ”, उहाँले थप्नुभयो, “विगतमा खोटाङ, उदयपुर हुँदै फैलिएको यो किरा हाल मुलुकका धेरै जिल्लामा देखिएको छ ।”

ललितपुरमा रहेका छ पालिका ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकामध्ये कोञ्ज्योसोम महाँकाल र वाग्मती गाउँपालिका भौगोलिक दृष्टिकोणले निकै टाढा रहेका स्थान हुन् । सो तीन गाउँपालिकाको औषत पारिवारिक आम्दानी कृृषि र पशुपालन व्यवसायले सबैभन्दा ठूलो हिस्सा ओगट्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *