उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु
उदयपुर। 
उदयपुरको बेल्का–१ आम्बासी झाक्री टोल बस्ने ५१ बर्षीय डम्बर तामाङको करेन्ट लागेर मृत्यु भएको छ ।
आज बिहान ११ बजे आफ्नै घरमा लाईनको प्लग जोड्ने क्रममा एक्कासी तामाङलाई करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
