September 15, 2026

झापाका सातसहित २७ जनाले कोरोना जितेर घर फर्किए

0

झापा ।

विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत थप २७ जना कोरोनामुक्त भएका छन्।

कोभिड १९ उपचार केन्द्रमा उपचाररत ४१ मध्ये २७ जनाको पीसिआर परीक्षणमा कोरोनामुक्त देखिएपछि डिस्चार्जको गरिएको छ। कोरोनामुक्त हुनेमा धनकुटाका ४, उदयपुरका ३, झापाका ७, मोरङका ६, सुनसरीका ४, सप्तरीका २ र खोटाङका १ जना रहेको स्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य प्रशाशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए।

कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रबाट ४ जना महिला र २३ जना पुरुष डिस्चार्ज भएका हुन्। ३० जनाको परीक्षण गर्दा २७ जनाको रिपोर्ट नेगेटिभ आएको हो। योसँगै प्रदेश १ मा कोरोनामुक्त हुनेको संख्या ७५ पुगेको छ। यसअघि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना र विराटनगरबाट ३० जना कोरोना जितेर डिस्चार्ज भएका थिए। प्रदेश १ मा बुधबारसम्म कोरोना संक्रमितको संख्या १ सर ८५ रहेको छ।

धनकुटाका ७ जना डिस्चार्ज धनकुटामा कोरोना संक्रमण पुष्टि भएका ७ जना डिस्चार्ज भएका छन्। ठेगानाका आधारमा धनकुटाका चारजना डिस्चार्ज भए तापनि धनकुटामा संक्रमण पुष्टि भएका ४ स्वास्थ्यकर्मी, २ सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका परिवार १ गरि ७ जना डिस्चार्ज भएको धनकुटा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पुजन विश्वकर्माले जानकारी दिए।

धनकुटामा संक्रमण पुष्टि भएर डिस्चार्ज हुँने दुई जना सुनसरीका र एक जना सप्तरीका रहेका छन। ७ जना कोरोनामुक्त भएसँगै धनकुटामा बुधबार संक्रमण पुष्टि भएका सहिदभुमि गाउँपालिकाका १ पुरुष मात्रै संक्रमित रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *