May 2, 2026

लकडाउन अवधिमै सडकमा सयौ मानिस विरोधमा उत्रिए

0

बिर्तामोड,
पश्चिम रुकुमको चौहरजहारी नगरपालिका ८ को सोतीमा भएको नवराज विक सहित ६ जना युवाको सामुहिक नरसंहार गरिएको भन्दै झापाको बिर्तामोडमा विरोध पर्दशन भएको छ ।


संयुक्त राजनीतिक दलित संर्घष समिति झापाले वुधवार श्रद्धाञ्जलि तथा खवरदारी सभाको आयोजना गर्दै हत्यामा संलग्नलाई कडा भन्दा कडा कारवाही गरिनु पर्ने माग गरेको छ ।
अझैंपनि जातीय विभेद कायम रहेको भन्दै जातकै आधारमा हत्या गरिनु दण्डनीय अपराध भएको दलित अगुना नेताहरुको भनाई छ । खवरदारी सभामा प्रदेश सांसद झलकसिंह दर्लामी सहित जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेल समेत सहभागी थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *