April 30, 2026

आन्दोलनकारीसामू अमेरिकी प्रहरीले घुँडा टेक्यो

0

काठमाडौं,

अमेरिकी प्रहरीको ज्यादतीका कारण अश्वेत नागरिकको मृत्यु भएको प्रदर्शनले उग्ररुप लिन थालेपछि प्रहरीले आन्दोलन मथ्थर बनाउन नयाँ रणनीति तय गरेको छ।

ह्रिंस्रक बन्दै गएको देशब्यापी प्रदर्शनमा प्रदर्शनकारी सामू मियामी प्रहरीले घुँडा टेकेर माफी मागेको फोटो अहिले समाजिक सञ्जालमा भाइरल भएको छ। त्यस्तै आन्दोलनकारीसँग सहभागि भएका प्रहरीले घुडा टेकेर शान्तिको प्रार्थना गरेका छन्।

मियामी प्रहरीले अमेरिकालाई शान्ति बनाइराख्न आफूहरु आन्दोलनकारीसँगै शान्तिको प्रार्थना गरेकाे उल्लेख गरेकाे छ। मे २५ मा मिनियापोलिसमा प्रहरीले एक अश्वेत नागरिकलाई कारबाट निकालेर घाँटी थिचेर हत्या गरेको विरोधमा अमेरिकाभर विरोध चर्किएको छ।

प्रहरीले हत्या गर्ने प्रहरी अधिकारीसहित अन्य चार जनालाई पक्राउ गरेकाे छ। आन्दोलन चर्किएपछि अमेरिकाका ४० भन्दा बढी शहरमा कर्फ्यू लगाइएकाे छ। । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आन्दोलन मथ्थर पार्न सेना परिचालन गर्ने चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *