September 15, 2026

सुनसरीबाट हत्याको आरोपमा तीन जना पक्राउ

0

सुनसरी ।

 

सुनसरीको ईटहरी उप–महानगरपालिका–२० का २८ बर्षीय रादन राईको हत्याको आरोपमा ईलाका प्रहरी कार्यालय ईटहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मोरङको कानेपोखरी गाउँपालिका–५ का २० बर्षीय प्रज्वल तामाङ, ईटहरी उप–महानगरपालिका–२० का १९ बर्षीय अभिषेक केसी (गिरी) र सोही स्थानका २३ बर्षीय अभिषेक पौडेल रहेका छन् । गत जेष्ठ १८ गते राती छिमेकी खीले भनिने अमित घिमिरेको घरमा प्रज्वल राई र रादन राई बीच सामन्य बादबिबाद भएको र बादबिबाद पश्चात मृतक राई आफ्नो घर तर्फ फर्कने क्रममा बाटोमा ढुकेर बसेका उनीहरुको समुहले बाँसको लाठीले अन्धाधुन्द कुटपिट गर्नुका साथै धारिलो हतियार छुराले कोखा तथा छातीमा प्रहार गरी घाईते बनाई फरार रहेका थिए ।

घाईतेलाई तत्काल उद्धार गरी उपचारको लागी धरानको बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगत्तै घटनाको सम्बन्धमा अनुसन्धान तथा फरारहरुको खोजतलासमा खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा ईलाका प्रहरी कार्यालय इटहरीको अनुसन्धान टोलीले उनीहरुलाई पक्राय गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *