May 2, 2026

लागुऔषधसहित चार पक्राउ

0

बर्दिया,

लागुऔषधसहित चार जना व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली, टीकापुर नगरपालिका –१ का २८ वर्षीय राजन रावल र ३३ वर्षीय रमेश न्यौपाने तथा लम्की चुवा नगरपालिकाका २९ वर्षीय रोशन कडायत र दैलेख, दुल्लु नगरपालिका –७ का २७ वर्षीय आकाश शाह छन् ।

प्रहरी कार्यालयको मूल ढोका अगाडि उनीहरु सवार बा १२ च ६२९९ नं को गाडी तलासी गर्दा स्टेरिङभित्र प्लाष्टिकमा पोको पारिएको ४६ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक योगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *