May 2, 2026

लकडाउनमा कालोबजारी गर्ने चन्द्रगढीको गोर्खा सपिङलाई २० हजार जरिवाना

0

भद्रपुर,

लकडाउनको माैका छाेपी पसलहरूले खाद्यान्न तथा कृषिजन्यलगायत वस्तुको मूल्य बढाएको उपभोक्ताबाट गुनासो आउन थालेपछि जिल्लास्तरीय आपूर्ति व्यवस्थापन, अनुगमन तथा सहजीकरण समितिले बजार अनुगमन गरेकाे छ।

प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईको नेतृत्वमा खटिएका समिति जिल्लामका बजार अनुगमनमा खटिएकाे छ। सोही क्रममा समितिले बिहीबार बिहान चन्द्रगढी बजारको अनुगमन गरेका छन्। समितिले अनुगमनको क्रममा भद्रपुर १० स्थित चन्द्रगढी बजारमा रहेको गोर्खा सपिङ कम्पेक्सलाई २० हजार जरिवाना गरेको छ।

चण्डीप्रसाद अधिकारी सञ्चालक रहेका कम्प्लेक्स कारोबारको खरिद तथा बिक्री खाता देखाउन नसक्दा आन्तरिक राजश्व कार्यालय मेचीले सो रकम बराबरको जरिवाना गरेको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए।

अनुगमन टोलीमा प्रशासन कार्यालयका अधिकृत लक्ष्मीप्रसाद खरेल, खाद्य अनुसन्धान अधिकृत भरतबहादुर पुरी, आन्तरिक राजश्व कार्यालयका नायब सुब्बा बालकृष्ण दंगाल, घरेलु तथा साना उद्योगका छविलाल खतिवडा, झापा उद्योग वाणिज्य संघका महासचिव पंकजकुमार शर्मालगायत थिए।

सहयाक प्रजिअ राईले भने, ‘अनुगमनलाई निरन्तरता दिँदै यस पटक घटनास्थलमै पसलहरूलाई कारबाही गर्न थालेका छौँ।’ केही दिनअघि पनि समितिले भद्रपुरका चार वटालाई पसललाई जरिवाना गरेको थियो। समितिले सरस्वती स्टोरलाई विल बिजक र खरिद बिक्री खाता नराखेकोमा ६ हजार, लक्ष्मी भण्डारलाई ६ हजार, शिवशक्ति स्टोरलाई ३ हजार र सुप्रिम स्टोरलाई १० हजार गरी जम्मा २५ हजार जरिवाना गरेकाे थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *