May 3, 2026

पछिल्लो २४ घण्टामा दुई हजार बढी शंकास्पदको नमुना परीक्षण

0

काठमाडौं,

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १ सय ८४ जना कोरोना भाइरस शंकास्पद बिरामीको नमुना परीक्षण भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित प्रेश ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नेपालमा हालसम्म ५३ हजार ५ सय ३४ जनाको नमुना परीक्षण भएको जानकारी दिए।

उनले १० हजार ४ सय ७१ जनाको पिसिआर र ४३ हजार ६३ जनाको आरडिटिबाट परीक्षण भएको समेत बताए। कुल संक्रमित ५२ मध्ये अहिलेसम्म १६ जना उपचारपछि डिस्जार्च भइरहेका छन्। धनगढीमा १, वीरगञ्जमा ३, भरतपुरमा १ र विराटनगरमा ३१ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको समेत बताएको छ। यस्तै, हालसम्म प्रदेश १ मा ४ हजार ५ सय ४५, प्रदेश २ मा ५ हजार २ सय ८, बागमतीमा ७ हजार ६ सय २६, गण्डकीमा ४ हजार ९ सय २४, प्रदेश ५ मा ३ हजार ४ सय ७१, कर्णालीमा ५ हजार १ सय २८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ९ सय ६१ जनाको आरडिटिबाट कोरोना परीक्षण भइसकोको बताइएको छ।

हालसम्म काठमाडौं उपत्यकाभित्र ८ र बाहिर ९८ गरी कुल १ सय ६ जना आइसोलेसनमा छन् भने २० हजार १ सय ९५ जनालाई क्वारेन्टाइनमा राखिएको बताइएको छ। यस्तै, आजबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि आजदेखि पिसिआर प्रविधिबाट कोरोनाको परीक्षण सुरु भएको समेत मन्त्रालयले जनाएको छ।

योसँगै पिसिआर विधिबाट कोरोना परीक्षण मेसिनको संख्या १६ नेपालमा पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *