May 3, 2026

घरमै रमजान पर्व मनाउन मुस्मिल संघ झापाको आह्वान

0

बिर्तामोड ।

कोरोना भाइरसले विश्वमा महामारीको रुप लिइरहेका बेला नेपाल मुस्लिम संघ झापाले सबैलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न आग्रह गरेको छ ।

झापाका दुई ब्यक्तिमा कोरोनाको संक्रमण देखिएको भन्दै संघले सबैलाई सचेत हुन आग्रह गरेको हो । मुस्मिल धर्मावलम्बीले सामाजिक दूरी कायम गर्दै घर घरमै रही एक महिने कठोर रमजान व्रत शुरु गरेको बताउँदै झापाका अध्यक्ष अमिन अली शेखले विदेशबाट कोही पनि ब्यक्ति आएको भए तुरुन्त नजिकैको प्रहरी तथा स्थानीय निकायमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

उनले कुनै पनि ब्यक्तिलाई नलुकाउन अनुरोध गर्दै विदेशबाट आएको भए अनिर्वाय स्वास्थ्य जाँच गराउन आग्रह गरेका छन् । एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् ।

व्रतका बेला मुस्लिम समुदायले मस्जिदमा गई कुरानको केही भागका रुपमा नमाज पढ्ने गरेकामा यस वर्ष कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीले घरमै बसेर व्रतलगायत नमाज पढ्ने विधि गरिरहेका छन् ।

एक महिनापछि व्रत समापनका अवसरमा पनि सामाजिक दूरी कायम गरेर इदुल फित्र मनाइने तयारी भइरहेको अध्यक्ष शेख जानकारी दिए।

मुस्लिम आयोगले घर घरमै रमजान पर्व मनाउन आह्वान गरेको छ । घरमा बस्दा समेत सामाजिक दुरी कायम गर्न अध्यक्ष शेखले आग्रह गरेका छन् । अध्यक्ष शेखले कोरोना भाइरसले महामारीको रुप लिइरहेका बेला यसलाई जाति तथा धार्मिक आस्थाका आधारमा अफवाह नफैल्याउन आग्रह गरेका छन् । रोग कुनै जाति र धर्म विशेषको नहुने भन्दै उनले सबैलाई आफ्नो स्वास्थ्यको ख्याल गर्दै लकडाउनको पूर्ण पालना गर्न अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *