May 3, 2026

१५ गते पछि रोङले आफ्ना नागरिक फिर्ता ल्याउने

0

गणेश अर्याल / इलाम,

इलामको रोङ गाउपालिकाले जिल्ला बाहिर रहेका रोङबासीलाइ ल्याउनेकाम आगामी बैसाख १५ गते पछि मात्रै सूरु गर्ने भएको छ ।

गाउपालिकामा बसेको सर्ब पक्षीय बैठकले आगामी १५ गते पछि मात्रै ल्याउने गरी आवस्यक तयारी गर्ने निर्णय गरेको हो । बैठकमा प्रदेश सभा सदस्य काजिमान कागतेले आगामी बैसाख १५ सम्मको लागि हालको अवस्थामा लकडाउन कायम रहेकाले त्यसपछि नागरिक फर्काउन उजित हुने हुने सूझाब दिएपछि बैठकले सोही अनुसारको तयारी गर्नेगरी निर्णय गरेको गाउपालिका वडानम्बर १ का वडाअध्यक्ष बुध्दिबहादुर ढकालले बताए ।

बैठकमा नेकपा रोङका अध्यक्ष बृहस्पति खतिवडा, नेपाली काग्रेस रोङ सचिब एगा अर्याल, जिल्ला समन्वय समिति इलामका सदस्य चन्द्र मगर, नेपाल पत्रकार महासंघ इलामका उपाध्यक्ष सूजन तिम्सिना बिभिन्न वडाका अध्यक्षहरु उपाध्यक्ष सहित कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो । बैठको सूरुमा प्रमुख प्रसासकीय अधिकृत प्रदिप गौतमले जिल्ला समन्वय समिति इलामको सम्योजनमा शुक्रबार इलामका सबै स्थानीय तहको प्रतिनिधिहरुको बैठकले गरेको निर्णय पढेर सुनाएका थिए ।

जिल्ला समन्वय समितिको बैठकले हाललाइ जिल्ला बाहिरका नागरिक जिल्लामा नल्याउने निर्णय गरेको थियो । गाउपालिकाको तथ्याङ अनुसार नेपालका बिभिन्न जिल्लामा रहेका मध्ये करिब १ सयजना को हाराहारीमा रोङ फर्कन चाहेको वडागत तथ्याङकले देखाउछ । त्यसैगरी गाउपालिकाले संकलन गरेको बिवरण अनुसार नेपाल बाहिर १ हजार १सय ६२ जना रहेको गाउपालिका उपाध्यक्ष चन्द्रकला राईले बताइन् ।

हालको लागि रोङ फर्कन चाहनेहरुलाइ ल्याएर १४ दिन सम्म क्वारेन्टाइनमा अनिबार्य रुपमा राखेर मात्रै घर जान दिने गाउपालिकाको योजना रहेको छ । त्यसको लागि कुटिडाँडा, मझूवा, बहुबन, नाखोपा लगायतको क्षेत्रमा क्वारेन्टाइनको तयारी भइरहेको छ । यस अघि पनि बिभिन्न क्षेत्रबाट आएकाहरुलाइ क्वारेन्टाइन बनाएर राखेको अनुभवको आधारमा काम गर्न सजिलो भएको गाउपालिका अध्यक्ष सम्सेर राईले बताए ।

यसैबिच रोङ गाउपालिकास्वास्थ्य साखाले इलाम जिल्ला प्रबेश द्वार जोरकलशमा कोरना भाइरस चेकको लागि हेल्प डेक्स सञ्चालनमा ल्याएको छ । हेप्प डेस्कबाट थर्मलगनको माध्यम बाट ज्वरो नाप्ने तथा आवस्यक सल्लाह सुझाब प्रदान गरिने रोङ स्वास्थ्य साखाका प्रमुख नेत्रप्रसाद पोख्रेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *