May 3, 2026

संघीय लिम्बुवान मञ्च बुद्धशान्तिले बिपन्न नागरिकका लागि दियो ५१ हजार

0

बुधबारे ।

बुद्धशान्ति गाउँपालिकाले लक डाउनमा अतिबिपन्न नागरिकका लागि खाद्यान्न वितरण गर्न स्थापना गरेको बिपत ब्यवस्थापन कोषमा संघीय लिम्बुवान मञ्च बुद्धशान्ति गाउँपालिका समितिले ५१ हजार सहयोग गरेको छ।

बिहीबार समितिका बुद्धशान्ति अध्यक्ष पुर्ण तपेबुङ्ग, पार्टी केन्द्रिय सदस्य इन्द्र लिम्बु , झापा जिल्ला वरिष्ठ उपाध्यक्ष नगेन राई जिल्ला उपाध्यक्ष राज कुमार फागो, संघीय विद्यार्थी युनियन का अध्यक्ष मोहन माबो, पार्टीका बुद्धशान्ति सचीव नन्दकुमार राई, सहसचिव गजुहाङ्ग योङ्हाङ्ग, एल भि कमान्डर काजीमान तामाङ, करन शेर्पा लगायतले सो रकम गाउँ पालिकालाई हस्तान्तरण गरिएको सचिव राईले जानकारी दिनुभयो ।

सो रकम गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष क्रमश रमेशकुमार भुजेल र मिरा भुर्तेलले ग्रहण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *