May 3, 2026

नेपालमा थप दुई जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको संख्या ४७ पुग्यो

0

काठमाण्डौ,

नेपालमा थप दुई जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा दुई जना सङ्क्रमित भएका पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार उदयपुरका ५५ वर्षकी एक महिला र जनकपुरका १४ वर्षका किशोरमा सङ्क्रमण भएको पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *