May 3, 2026

चट्याङबाट मृत्यु भएका परिवारलाई राहत

0

बागलुङ,

चट्याङ लागेर ज्यान गुमाएकाको परिवारलाई जिल्ला प्रशासन कार्यालयल बागलुङले राहत रकम हस्तान्तरण गरेको छ ।

गत चैत २९ गते चट्याङ लागेर मृत्यु भएका बागलुङ नगरपालिका वडा नं १३ का शङ्कर रिजालको परिवारलाई जिल्ला प्रशासन कार्यालयअन्तर्गतको विपद् प्रकोप उद्धार कोषबाट बुधबार रु एक लाख राहत रकम हस्तान्तरण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजु, बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल, वडाध्यक्ष नारायण शर्मालगायतको टोली पुगेर पीडित परिवारको घरमै पुगेर राहत रकम हस्तान्तरण गरिएको हो ।

मृतकको परिवारलाई घरमै पुगेर सरकारले व्यवस्था गरेअनुरुपको राहत प्रदान गरेको प्रमुख जिल्ला अधिकारी सँैजुले जानकारी दिनुभयो । मृतक रिजाल कोरोना छल्नका लागि काठमाडौँबाट घर आउनुभएको थियो ।

गत चैत २९ गते साँझ आफ्नै घरको पिँढीमा खाज खाइरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते रिजालको उपचारको क्रममा धवलागिरि अञ्चल अस्पताल बागलुङमा मृत्यु भएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *