May 3, 2026

ओमभक्तको उदाहरणीय कार्य

0

बिर्तामोड।

झापा विर्तामोड १ निवासी ओमभक्त प्रसाईं र दीपालक्ष्मी प्रसाईंले इलामको रोङ गाउँपालिका वडा नम्वर ६का कोरोना भाइरस प्रभावित विपन्न परिवारलाई खाद्यान्न प्रदान गरेका छन् । प्रसाईंले १० क्वीन्टल चामल, ५० लिटर खानेतेल र सय केजी नुनलगायतका सामाग्री प्रदान गरेका हुन् ।

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ को कोरोना भाईरसको संक्रमणबाट बच्न नेपाल सरकारले गत चैत ११ गतेदेखि जारी गरेको लकडाउनका कारण श्रम गर्न नपाई भोकमरीको चपेटामा परेका रोङ गाउँपालिका वडा नम्वर ६का कोरोना भाइरस प्रभावित विपन्न परिवार भोकै बस्नु नपरोस् भन्ने उद्धेश्यले खाद्यान्न प्रदान गरेको उनले बताए ।

उक्त सामाग्री रोङ गाउँपालिकाका प्रवक्ता तथा वडा नम्वर ६का अध्यक्ष मणीकुमार स्याङ्वो सुवासलाई प्रसाईंले हस्तान्तरण गरेका थिए ।

रोङ गाउँपालिकाले राहत वितरणमा लागू गरेको एकद्वार प्रणाली अन्र्तगत रोङ गाउँपालिकाले वनाएको कोरोना भाइरस प्रभावितलाई राहत वितरण कार्यविधी २०७६को मापदण्ड वमोजिम कोरोना भाइरस प्रभावित विपन्न परिवारलाई राहत वितरण गरिएको वडाध्यक्ष स्याङ्वोले बताए ।

कोरोना भाइरस कोभिड–१९ को महामारीका कारण यतिवेला विपन्न परिवार भोकभोकै वस्नु परेको अवस्थामा सामाजिक उत्तरदायित्व तथा मानवीय सेवा सम्झेर आफूले सहयोग गरेको प्रसाईंले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *