May 3, 2026

१ नम्बर प्रदेशको प्रमुखमा ईश्वरबाबु

0

झापा ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी ईश्वरबाबु कार्की पाएका छन् ।

एसएसपीबाट डिआइजीमा बढुवा भएका नेपाल प्रहरीका दश जना अधिकृतलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएसँगै पदस्थापन समेत गरिएको छ ।

जस अनुसार प्रदेश १ को प्रहरी प्रमुख भएर ईश्वरबाबु कार्की आउने भएका हुन् । बढुवा भएका १० डिआइजी मध्ये ७ जनालाई ७ वटै प्रदेश प्रहरीको नेतृत्व दिइएको छ ।

प्रदेश १ को तत्कालीन प्रहरी प्रमुख डिआइजी ठाकुर प्रसाद ज्ञवाली बढुवा हुँदै नेपाल प्रहरी प्रमुख भएपछि प्रदेश १ मा प्रहरी प्रमुख पद रिक्त रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *