May 3, 2026

फाकफोकथुममा ४३ जनाको र्‍यापिड टेस्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ

0

युद्धबहादुर बोहोरा / इलाम,

कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि होमक्वारेन्टाइनमा रहेका फाकफोकथुमका ४३ जनाको सोमबार र्‍यापिड टेस्ट गरिएको छ।
गाउँपालिका स्थित आमचोकमा जिल्ला अस्पताल इलामबाट आएका दुई जना स्वस्थकर्मीद्वारा गरिएको परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ देखिएको गाउँपालिका उपाध्यक्ष सरस्वती राई (सरु)ले जानकारी दिएकी छिन्।

विभिन्न मुलुकबाट २१ देखि ३० दिन अगाडि आइ होमक्वारेन्टाइनमा रहेका ९ महिला र ३४ पुरुष गरि जम्मा ४३ जनाको रिपोर्ट नेगेटिभ देखिए पछि सुरक्षित साथ आफ्नो घरमा फर्काइएको कार्यालयले जनाएको छ।

अहिलेको विश्वव्यापी साझा समस्य कोरोना संक्रमणबाट सबै सुरक्षित रहन आग्रह गर्दै पालिकाबासी सबैको जीवन रक्षाको लागि गर्नु पर्ने कर्तव्य प्रति गाउँपालिका जिम्मेवार ढंगबाट लागि परेको उपाध्यक्ष राईले बताइन्।

कुनै नयाँ मानिस अन्यत्र ठाँउबाट गाउँपालिका भित्रिएमा उनीहरुको विवरण संकलन तथा आवश्यक प्रक्रियामा कुनै कसुर बाँकी नराख्ने साथै महामारीबाट जोगिन जनस्तरमा प्रभावकारी कार्यक्रमहरु निरन्तर संचालन गरिरहेको उनको भनाइ छ।
थप सावधानीका लागि पालिकाले शुरुमा २० जना रहने गरिको क्वारेन्टाइन स्थल निर्माण गरेको भए तापनि तत्काल ५० जना रहन सक्ने तयार गर्ने भएको छ।

त्यस्तै,महामारीको कठिन परिस्थितिमा यस पालिकामा रहेका अति विपन्न परिवारको खानपिनको समस्यामा सकेसम्म मद्दत पुर्‍याउने उदेश्यले बैशाख ११ गते देखि राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गर्ने तयारी गरेको बताइएको छ।

यस पालिकाको राहत कोष करिब ४८ लाख रुपैयाँ मध्येबाट पहिलो चरण सात सय २० घरधुरिलाई बैशाख १४ गते भित्रमा वडाको पायक पर्ने स्थानबाट विभेद रहित ढंगले राहत वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत रेखनाथ दाहालले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *