May 3, 2026

देबी गाैतम
झन्नै लकडाउनको २४ औ दिन सम्म आइपुग्दा अनेकन दृश्य देखियो, कतिपय हाँस उठ्दा त् कतिपय रिस उठ्दा, कतिपय पत्याउनै मुश्किल पर्ने त् कतिपय ब्यबहारिक जस्ता |
प्रहरीले टिचिङ्ग हस्पिटलका डाक्टरलाई समेत लाठी प्रहार देखि जनप्रतिनिधिले राहतका नाममा भुटुन बाँडेको, बिहान दिउँसो आम जनता  घरमै बसे पनि साँझ पाँच बजे पछि कर्फियू खुले जस्तो खुलेआम हिडेको देखियो| बच्चाहरुलाई स्कुल जान नपर्दा एउटा चाडबाड आए जस्तो देखियो|
कोरोना भाइरस मुलुकबाहिरबाट फैलिएको हुनाले विदेशबाट घर फर्किएकालाइ हेर्ने दृष्टिकोण अलिक फरक भयो | संचार माध्यमका प्राय बुलेटिनमा चुनाबताका भोट यति आयो र उति भयो भने जस्तो मान्छे मरेका र संक्रमितको संख्या गन्न थालियो | हप्तै  पिच्छे लकडाउन सरकारले बढाउदा जनताले सरकारको नया प्याकेजको आश गरेको पाइयो |
काठमाडौँमा दैनिक ज्याला मजदुरी गर्ने अधिकांश व्यक्ति दुइ हप्ताको लकडाउन सकस पछि राजधानीबाट पैदलै भए पनि आ-आफ्ना घर गाउँ तर्फ हानिएको पाइयो | महाकाली नदीमा हाम फालेरै भए पनि मातृभूमिमा पाइला टेकेको पाइयो|
त्यतिमात्र कहाँ हो र इश्वरको नाममा भागी जा र हटिजा भन्दै पादरीले छु मन्तर गरेको पनि अच्चमको दृश्य देखियो| कोरोना कहर भन्दै संचार माध्यममा गर्मि मौसममा कोरोना नसर्ने भन्ने उपबुज्रुक पनि भेटिए भने ज्वरो आएको बिरामीलाई कतिपय अस्पतालले बेवास्ता गरेको नि देखियो |
त्यसो त, यहि बेलामा शंकर ग्रुपका संचालकले कालाबजारी मार्फत धन आर्जन गर्न खोजेको पाइयो, ओम्नी ग्रुपलाई सरकारले पक्षपोषण गरेको, सरकारले जी टू जी मार्फत औषधिजन्य सामग्री खरिदका लागि नेपाली सेनालाई गुहार्न पुगेको पनि देखियो |
मानब इतिहास विभिन्न चरण पार गर्दै आज सम्मको यात्रामा आएको हो| पहिलो विश्व युद्ध, दोस्रो विश्व युद्ध, भुइचालो, सुनामी, रसियन फ्लु, जापानीज फ्लु, स्पेनिस फ्लु, कोलेरा, कालो मृत्यु भनिएको प्लेग जस्ता अनेकन युद्ध र रोगब्याधीसग लडेर आजको युग सम्म आइपुगेको हो | प्रत्येक समयमा यस्ता प्रकोपबाट बच्न मानब समुदायले आ-आफ्नै रणनीति बनाउदै अगाडी बढेको पाइन्छ | र यो कोरोना प्रकोपबाट  पनि निश्चित समय पछि मानब समुदायले छुटकारा पाउने नै छ | खाली हामीमा साहस र धैर्यताको जरुरी देखिन्छ |
झन्नै ९० बर्ष पछिको आर्थिक महासंकटको यो परिवेश साँच्चै नै कहाली लाग्दो अवस्थामा रहेको अन्तराष्ट्रिय मुद्रा कोष र विश्व बैंकले प्रक्षेपण गरिरहेका छन् |
अन्तमा, दृश्यमा जे जस्तो देखिए पनि  संसारभर फैलिएको यो कोरोना भाइरसलाइ लकडाउनको पूर्ण रुपमा पालना गरेर मात्र परास्त गर्न सकिन्छ न कि यस बाट डराएर या भागेर | आज मुलुकमा संक्रमणको संख्या कम र कोरोना मृत्युको कारण एउटा पनि नहुनु हाम्रो अनुशासन नै हो भन्ने कुरामा दुइ मत छैन | नेपाल सरकारले जनतालाई आश्वसस्त पार्न विभिन्न बर्गका त्यसमा पनि फ्रन्ट लाईनमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीलाई आर्थिक  प्याकेजको घोषणा भने तुरुन्त गर्नुपर्ने देखिन्छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *