May 3, 2026

मदिरा उत्पादनका लागि खाद्यान्न बिक्री रोक

0

पाँचथर,

पाँचथरको मिक्लाजुङ गाउँपालिकाले मदिराजन्य पदार्थ उत्पादन गर्ने व्यक्तिलाई खाद्यान्न बिक्री नगर्न व्यवसायी तथा स्थानीयवासीलाई आग्रह गरेको छ ।

लकडाउन लम्बिँदै जाँदा खाद्यान्न अभाव हुन सक्ने भएकाले गाउँपालिकाले मदिराजन्य सामग्री उत्पादन गर्ने उद्देश्यसहित हुने खाद्यान्न खरीदबिक्रीमा रोक लगाएको हो ।

गाउँपालिकाले मदिरा उत्पादन गर्ने व्यक्ति, समूह वा व्यवसायीलाई खाद्यान्न बिक्री नगर्न स्थानीय व्यवसायीलाई आग्रह गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै खाद्यान्नको प्रयोग गरी मदिराजन्य पदार्थको उत्पादन गर्न पूर्ण रुपमा बन्देज गरेको छ ।

गाउँपालिकाको निर्देशन पालना नभए कानूनी कारवाही गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरुण राईले बताउनुभयो ।

उक्त गाउँपालिकाले धान, मकै, कोदोलगायत स्थानीय खाद्य उत्पादन विक्री वितरण नगर्न समेत स्थानीयवासीलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *