May 3, 2026

लालबन्दीमा खाद्य बैंक स्थापना

0

लालबन्दी,

लकडाउनपछिको सम्भावित खाद्य संकटलाई ध्यानमा राखेर लालबन्दी नगरपालिका –५ ले ‘खाद्य बैंक’ स्थापना गरेको छ ।

न्यून आय भएका परिवार र सबै प्रकारका मजदूरलाई खाद्यान्न वितरणका लागि बैंक स्थापना गरिएको वडाध्यक्ष मोहनहरि भण्डारीले बताउनुभयो ।

वडास्तरीय समिति गठन गरी वडा कार्यालयमा स्थापित बैंकमा दाताले चामल, दाल, नुन र तेल जम्मा गर्न सक्ने र त्यसको अभिलेख राखिने छ । भण्डारीले भन्नुभयो, ‘कैयौंँ व्यक्तिसँग नगद नहुने तर खाद्य वस्तु हुने भएकाले उनीहरुको सहयोगलाई एकीकृत गर्न खाद्य बैंक उपयुक्त हुनेछ ।’

बैंकमा संकलित खाद्य पदार्थ सरकारी राहत वितरणपछि वडाबासीको स्थलगत अनुगमन गरेर छुटेका अतिगरीब र विपन्नलाई वितरण गरिने जनाइएको छ ।

कोरोना भाइरसको जोखिम जस्तै अन्य विपद् र संकटका बेला पनि बैंकलाई निरन्तरता दिइने उहाँले बताउनुभयोे । खाद्य बैंकमा हालसम्म २० क्विन्टल खाद्यान्न संकलन भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *