May 14, 2026

रौतहटमा पनि एक जना कोरोना सङ्क्रमित भेटिए : जम्मा सङ्ख्या १४ पुग्यो

0

काठमाण्डौ,

रौतहटमा पनि कोरोना सङ्क्रमित भेटिएका छन् ।

आज मात्रै दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रौतहटका १९ वर्षका एक युवकलाई र कैलालीका ६० वर्षीया महिलामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । पुष्टि भएका दुवैलाई अस्पताल ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । एकजना उपचारपछि निको भएर घर फर्किसकेका छन ।

सेती प्रादेशिक अस्पताल धनगढीमा पाँचजना, नारायणी अस्पताल वीरगन्जमा तीनजना तथा शुक्रराज ट्रपिकसल तथा सरुवा रोग अस्पताल टेकु र बाग्लुङमा दुई दुई जनाको उपचार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *