बुद्धशान्तिमा स्वर्तस्फूर्त ६ लाख बढी नगद संकलन, एक सय क्विन्टल भन्दा बढी चामल सहयोग
अनिल वाग्ले /बुधबारे । 
चैत्र ११ गतेदेखि कोराना भाइरसको संक्रमण फैलन नदिन सरकारले देशव्यापी लकडाउनको घोषणा गरेपछि यतिवेला अतिविपन्न नागरिकलाई खाद्यान्य सहयोग भईरहेको छ । विभिन्न स्थानीय तहहरुले अतिविपन्न नागरिकलाई खाद्यसामग्री प्रदान गरिरहँदा कोहि भोकै बस्नु नपरोस् भनेर राज्य कोषमा स्थानीय नागरिक तथा संघ संस्थाहरुले स्वतस्फूर्त रकम तथा जिन्सि सामान सहयोग स्वरुप प्रदान गरिरहेका छन् ।
झापाको बुद्धशान्तिमा पनि केही ठाउँका नागरिकलाई पहिलो चरणको खाद्य सामग्री प्रदान गरिरहँदा दोस्रो चरण खाद्यसामग्री प्रदान गर्ने गरीको गृहकार्य चलेको छ । पहिलो चरणमा छुट्न पुगेका नागरिकलाई खाद्यान्य सहयोग गर्नका लागि संघसंस्था तथा व्यक्तिले ६ लाख १४ हजार २ सय ८५ रुपैँया नगद सहयोग गरेका छन् भने एक सय क्विन्टल भन्दा बढी चामल पनि सहयोग प्राप्त भएको बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईले बताउनु भयो ।
बुद्धशान्ति गाउँपालिकाका प्रत्येक वडाले अतिविपन्न कोहि पनि भोकै बस्नुनपरोस् भनेर घरघर गएर त्यस्ता नागरिक पहिचान गरिरहेको छ । अतिविपन्न नागरिकलाई बाँच्नका लागि खाद्यान्य सहयोग गरिने हुँदा खानपुगिरहेका नागरिकले राहत लिनेकुरामा सचेत भईदिन पनि गाउँपालिकाले अपिल गरेको छ ।
हालसम्म बुद्धशान्ति गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा बुद्धशान्ति ३ का मनोरथ तिवारीबाट ५ हजार, सिम्रिक बचत तथा ऋण सहकारी संस्था विर्तामोडबाट ५० हजार, प्याब्सन बुद्धशान्तिबाट ५६ हजार, कर्णाली बचत तथा ऋण सहकारीबाट ५० हजार, मनिष दाहाल बुद्धशान्ति ३ बाट २५ हजार, डाँफे बचत तथा ऋण सहकारी बुधबारेबाट १० हजार, बुद्धशान्तिका सामुदायिक विद्यालयहरुबाट १ लाख १९ हजार ७ सय, गणपति स्टोर बुधबारेबाट ११ हजार ५ रुपैँया, कृष्ण तथा मञ्जुश्री ढकाल बुद्धशान्ति ३ बाट १५ हजार, हाम्रो बचत तथा ऋण सहकारी बुद्धशान्तिबाट ५१ हजार, श्रीकृष्ण प्रणामी मन्दिर बुद्धशान्तिबाट २१ हजार, सुपारी सहकारीबाट ३१ हजार, सत्य साईकेन्द्र बुद्धशान्तिबाट ५ हजार २५, मंगलदीप बचत तथा ऋण सहकारी बुद्धशान्तिबाट २१ हजार, प्रतिष्ठा कृषि सहकारी बुद्धशान्तिबाट ३१ हजार, बुधबारे साना सहरी खानेपानीबाट ५५ हजार, लिभिङ होप पोलिक्लिनिक बुधबारेबाट २५ हजार, प्रदिप उप्रेती पाथीभरा हार्डवेयर बुद्धशान्ति ३ बाट ११ हजार ५५, विकास मिश्र बुद्धशान्ति १ बाट ५ सय, बुद्धशान्ति १ को सीतारमेश बहुमुखी क्याम्पसका शिक्षक कर्मचारीबाट १० हजार ८ सय ३५ तथा सीता रमेश बहुमुखी क्याम्पसबाट १० हजार १ सय ६५ रुपैँया प्राप्त भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चापागाईले जानकारी दिनुभयो ।
त्यस्तै जेमिनी कर्पोरेशन बेल्जियमबाट एक लाख मुल्य बराबरको खाद्य सामग्री, नेपाली काँग्रेस बुद्धशान्तिबाट १२ क्विन्टल चामल, प्रदीप पोद्धार बुद्धशान्ति ३ बाट ३० क्विन्टल चामल, बजरंग गोयल बुद्धशान्तिबाट ११ क्विन्टल चामल, ओमहरी शाह बुद्धशान्ति ३ बाट ११ क्विन्टल चामल,, नेपाल रेडक्रस सोसाइटी शाखा बुद्धशान्तिबाट ४ क्विन्टल चामल, लिभिङहोप पोलिक्लिनिक बुद्धशान्तिबाट १५० सर्जिकल मास्क, नेपाल बहुउद्देश्यीय सहकारी संस्था काँकरभिट्टाबाट २० क्विन्टल चामल, एन.एल.आर. नेपालबाट १५० थान सर्जिकल ग्लोभ्स, १८ बोतल सेनिटाइजर, १८ प्याकेट भाइरेक्स, १ थान स्प्रेयर, १२० थान सर्जिकल मास्क प्राप्त भएको बताइएको छ ।
