लकडाउनका बेला बाथरुममै ढलेपछि …
बिर्तामोड,
विश्वब्यापी महामारीका रुपमा फैलिएको नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन अहिले मुलुक लकडाउनमा छ ।

कोरोना भाइरसकै कारण अन्तराष्ट्रिय सबै उठान ठप्प छन् । एउटा स्थानीय तहबाट अर्काे स्थानीय तहमा जानसक्ने अबस्था छैन । अझ मानिसदेखि मानिसको दूरी पनि तीन फिट टाढा हुनुपर्ने अबस्था छ अहिले । यस्तो अबस्थामा सोच्दै नसोचेको बज्रपात परेको छ हल्दिवारी गाउँपालिका – १ डिम्बाखुट्टी निवासी मोहनप्रसाद संग्रौलालाई ।
उनका दुवै छोरा वैदेशिक रोजगारीमा छन् । दुवै छोरा घरमा नहुँदा महामारीका कारण मोहनप्रसादलाई चिन्ता त थियो नै । त्यसमाथि बाथरुम गएकी श्रीमती ह्रदयघातका कारण आज बाथरुममै ढलेपछि संग्रौलालाई बज्रपात परेको हो । ६४ वर्षीया श्रीमती नारायणीको ह्रदयघाटका कारण आज निधन भएपछि संग्रौला परिवार मात्र होइन अहिले छरछिमेक समेत शोककुल छन् ।
संग्रौलाका दुवै छोरा लोकनाथ र शंकर आमाको अन्तिम दाह संस्कारका लागि चाहेर पनि आउन सक्ने अबस्था नरहेपछि संग्रौला परिवारमा पीडा माथि पीडा थपिएको हो । उनका तीन छोरीहरु रहेको बताइएको छ ।
